२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंक र दराजबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

नेपाल बैंक र दराजबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

690
Shares

काठमाडौं – नेपाल बैंक र अनलाइन इ कमर्स प्लेटफर्म दराज केयमुबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ।

नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ। बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम १ हजार पाँच सय रूपैयाँसम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रूपैयाँ बराबरकोे छुट प्राप्त गर्न सक्नेछन्।

छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरूमा सम्र्पक गरी ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ।

यो योजना असोज ११ गतेदेखि २१ सम्म लागू हुने बैंकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij