२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिसेस नेपाल वल्र्डको २९ फाइनलिस्ट घोषणा

मिसेस नेपाल वल्र्डको २९ फाइनलिस्ट घोषणा

630
Shares

काठमाडौं – ‘मिसेस नेपाल वल्र्ड २०२४’मा २९ महिला भिड्ने भएका छन् । आयोजक रिवन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रमकाबिच प्रतियोगी सार्वजनिक गर्दै स्यस समेत बितरण गरेको छ । समारोहमा स्पर्धामा सामेल महिलाहरुले आफ्नो परिचय दिए ।
विवाहित महिलाहरु सहभागीता रहेको यो सौन्दर्य प्रतियोगितामा यसबर्ष डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्सदेखि गृहणीसम्म छन् । जसमा प्रगति श्रेष्ठ, ज्योति शर्मा, शुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, एलिना घिमिरे, बिनिता ढकाल, साहारा आचार्य तिमल्सिना, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ , संगीता गौतम, दीपतारा लुईटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की , रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल, दीपा विश्वकर्मा लगायत छन् ।
कात्तिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मिस नेपाल वल्र्ड २०२४’को ग्राण्ड फिनाले आयोजना हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए । यो बर्ष विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
अश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगीतामा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij