काठमाडौं – समृद्धि फाइनान्सले सिन्धुपालचोकको सुनकोशी ३ स्थित सुकुटे शेरा विच रिसोर्टसँग आफ्ना ग्राहकहरुका लागि छूट दिने समझदारी गरेको छ ।
उक्त समझदारी अनुसार अब कम्पनीका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्ड मार्फत् भुक्तानी गरी सुकुटे शेरा वीच रिसोर्टको रूममा १० प्रतिशत, फूड र वेबरेजमा १५ प्रतिशत, राफ्टिंग र डे प्याकेजमा १२ प्रतिशतको छूट लिन सक्नेछन ।
यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ। छूट सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा पनि उलपलब्ध छ ।
कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij