२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवम होल्डिङ्ग्सको लाभांश घोषणा

शिवम होल्डिङ्ग्सको लाभांश घोषणा

840
Shares

काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज ३० गते अनामनगर काठमाडौंमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij