२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई कम्पनीको शेयरमूल्य समायोजन

दुई कम्पनीको शेयरमूल्य समायोजन

1.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई स्टकको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा ओरियण्टल होटल लिमिटेड र सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड को शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले ओरियण्टल होटलको ५ प्रतिशत र सिईडिबि हाइड्रोपावरको ११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात ओरियण्टल होटलको शेयरमूल्य ९८० रुपैयाँ ९५ पैसा कायम भएको छ भने सिईडिबिकाे शेयरमूल्य १ हजार ८२९ रुपैयाँ ७३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा ओरियण्टल होटलको शेयर प्रतिकित्ता १ हजार ३० रुपैयाँ र सिईडिबिको २ हजार ३१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij