२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ जारी गर्दै

हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ जारी गर्दै

695
Shares

काठमाडौं – हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २० लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएकाे छ । आईपीओ निष्काशन सम्बन्धि कार्यका लागि सम्झौतापत्रमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

गाेल्छाले नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने बताए ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड, नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर-बैंकिङ वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरूलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij