२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उदयपुरको घुर्मीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

उदयपुरको घुर्मीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

485
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरे। यस नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए।

मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको छ। हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij