२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन

नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन

520
Shares

काठमाडौं – नेपाल ल्यूब आयल लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको २० प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २३७ रुपैयाँ ४२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २८४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर असोज ६ गते आइतबार, दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij