२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ठमेल प्लाजाले आईपीओ निष्कासन गर्ने

ठमेल प्लाजाले आईपीओ निष्कासन गर्ने

965
Shares

काठमाडौं – ठमेल प्लाजा होटल एण्ड सुइटसले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले सो कार्यका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।कम्पनीले सर्वसाधारणहरुलाई जारी गर्न लागेको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १० लाख कित्ता साधारण शेयरको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटसको तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

ठमेल प्लाजा होटल एण्ड सुइटस भने काठमाडौ महानगरपालिका- १६ स्थित ठमेलमा सुविधा सम्पन्न भवनमा चार तारा स्तरको होटल “रमदा इन्कोर काठमाडौं ठमेल” को नामबाट बिगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

यस होटलले हाल ९० वटा कोठा मार्फत आन्तरिक तथा बाह्य पर्यटक/अतिथिहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij