काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य घटेको छ । सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij