काठमाडौं – प्रभु क्यापिटल लिमिटेडलेयोजना व्यवस्थापनमा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्। प्रभु बैंक लिमिटेड कोष प्रबर्द्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् ।
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेका हुन् । जस अनुसार प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले कर सहित ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेका हुन् ।क्यापिटलको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि तय गरिने क्यापिटलले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij