२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

590
Shares

काठमाडौं -महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विभिन्न ४ जना संस्थापक शेयर धनीको स्वामित्वमा रहेको ३८ हजार ९६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर विद्यमान संस्थापकहरूमा रहने भएकोले उक्त सेयर विद्यमान संस्थापकहरूका लागि बिक्रीमा राखिएको संस्थाले जनाएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

खरिद गर्ने सेयर कित्ताको ब्यहोरा खुलाई निवेदन दिन संस्थाले आग्रह गरेको छ। सो सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।
तोकिएको म्याद भित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढ्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij