२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ह्याम्स हस्पिटलको साधारण सभा आव्हान

ह्याम्स हस्पिटलको साधारण सभा आव्हान

440
Shares

काठमाडौ – हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स)ले लाभांश प्रस्तावसहित असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय, बुढानिलकण्ठ नगरपालिका वडा नं-९ मा दिउँसो २ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ । तर, यसले कति प्रतिशत लाभांश प्रस्ताव गर्ने भनेर सूचनामा उल्लेख गरेको छैन ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

हाल ह्याम्सले नेपाल धितोपत्र बोर्डमा आइपीओ बिक्री गर्न अनुमति मागेको छ । यसले ११ लाख २५ हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम थप गरेर कुल २८८ रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij