काठमाडौं -अनामनगरस्थित मदन भण्डारी कलेज अगाडि एउटा ट्याक्सी धोबिखोलामा खसेको छ । आइतबार राति करिब सवा ८ बजेतिर एक ट्याक्सी चालकसहित खोलामा खसेको हो। घटनास्थलमा खटिएका प्रहरीका अनुसार भाटभटेनी नजिकैबाट प्रहरीले ट्याक्सी चालकको उद्धार गरेको छ।
ट्याक्सी भने खोलाले बगाएर लगेको छ। अहिले ट्याक्सी सूर्यकार्पेट नजिकै करिडोरको थापाथली-बानेश्वर जोड्ने पुलमुनि अड्किएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij