२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सीईडीबी हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आब्हान

सीईडीबी हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आब्हान

550
Shares

काठमाडौं – सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सो सभाले बोनस वितरण र हकप्रद निष्काशनको प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij