२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जाम्बियाका गैरआवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको पत्र पेश

जाम्बियाका गैरआवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको पत्र पेश

690
Shares

काठमाडौं- नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले आफ्नो ओहोदाको पत्र राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त गैरआवासीय राजदूत पर्सीलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा र नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत देशबन्धु बस्नेतका अनुसार यो अवसरलाई नेपाल र जाम्बियाबीचको राजनीतिक कूटनीति तथा आर्थिक कुटनीतिकक सम्बन्धलाई थप सुदृढ बनाउने एउटा महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij