काठमाडौं – ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा फरार रहेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हङकङका ५५ वर्षीय मिन्ट शिङतेरेन्स त्सेलाई पक्राउ गरेको हो। उनलाई मंगलबार काठमाडौं महानगरपालिका-२६ ठमेलमा रहेको वाल्डो क्यासिनोबाट पक्राउ गरिएको हो। उनी वाल्डो क्यासिनोका डाइरेक्टर तथा म्यानेजर समेत हुन्।
पक्राउ परेका चिनियाँ नागरिकसहित अन्य व्यक्तिहरूले वाल्डो क्यासिनोमार्फत अवैध कारोबार गरेको खुलेको थियो।
अवैध सुन कारोबारको ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रूपैयाँ बराबरको र १५ करोड २५ लाख बिगो कायम गरी मुद्दा दायर भएको थियो।
मुद्दामा फरार रहेका उनलाई पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। उनलाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij