काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।
दुई जना चिनियाँ र एक जना फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कल सेन्टरमा क्रिप्टो कारोबार र ठगीधन्दा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सञ्चालक तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij