काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार सुन तोलामा १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १ लाख ५३ हजार ४०० रुपैयाँ रहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार एक तोलाको १ हजार ७६५ रुपैयाँमा कारोबार चाँदी, बुधबार १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij