२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लाइसेन्सको रसिदमै क्यूआर कोड र फोटो राख्ने

लाइसेन्सको रसिदमै क्यूआर कोड र फोटो राख्ने

955
Shares

काठमाडौं – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि ट्रायल पास गरेका सेवाग्राहीले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने भएका छन् । स्मार्ट लाइसेन्स नपाउने बेलासम्मका लागि ट्रायल पास गर्ने सेवाग्राहीलाई यस्तो रसिद दिन लागिएको हो ।

हाल देशैभर ट्रायल पास गरेका १७ लाखभन्दा बढी सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन बाँकी छ । उनीहरूले नाम, नागरिकता नम्बर, लाइसेन्स नम्बर उल्लेख गरिएको रसिद बोकेर स्मार्ट लाइसेन्सको काम चलाइरहेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार २९ साउनमा बसेको संघ र प्रदेशका यातायात मन्त्रालयका प्रतिनिधि तथा सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । तत्काल लाइसेन्स उपलब्ध गराउन नसक्ने भएपछि सरकारले सवारी चालक पहिचानका लागि फोटो र क्यूआर कोड सहितको रसिद वितरण गर्ने योजना ल्याएको रिजालले सुनाए । यसका साथै ट्राफिक प्रहरीलाई पनि क्यूआर कोड ‘रिड’ गर्ने मेसिन उपलब्ध गराइने भएको छ ।

त्यस्तै, यसअघि सबै स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सङ्घीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले गर्दै आएको थियो । अब भने लाइसेन्स छपाइको काम अन्य प्रदेश स्थित यातायात कार्यालयहरूबाट पनि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij