२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टाईम फर्मास्युटिकल्सको साधारण सभा आब्हान, आईपीओ निस्कासनको प्रस्ताव

टाईम फर्मास्युटिकल्सको साधारण सभा आब्हान, आईपीओ निस्कासनको प्रस्ताव

880
Shares

काठमाडौं – टाईम फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । गैडाकोट–०४, नवलपुरमा रहेको कम्पनीले आईपीओ निष्काशनको मुख्य अजेण्डा पारित गर्न ३०औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको आगामी असोज १२ गते शनिबारका लागि उक्त सभा चितवनमा रहेको सोल्टी वेस्टेन्ड रिसोर्टमा बिहानको १० बजेलाई बोलाएको हो ।

सभामा प्राथमिक सेयर निष्काशन गर्ने, प्राथमिक सेयर निष्काशनका लागि निष्कासनकर्ता कम्पनी चयन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियमावली तथा प्राथामिक सेयर निष्काशनमा गरिने संसोधनरथप गर्न नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको कम्पनीको आव २०८०/८१ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचि उपर छलफल गरी पारित गर्ने र आव २०८१र८२ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्स्ताव समेत पारित हुनेछ कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij