काठमाडौं – निजी क्षेत्रको वायू सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडाैं पोखरा रूटमा हवाइ यात्राका लागि टिकट काट्ने यात्रुका लागी एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा उपलब्ध गराउने भएको छ।
पोखरा रूटमा उडान भरिरहेको एयरलाइन्सले प्रवर्द्धनात्मक योजना अन्तर्गत पोखरा भदाै २३ गते ( अगस्त ८ तारेख) देखि असोज ४ गते ( अगस्त २० तारेख) सम्ममा काठमाडाैं पोखरा रूटमा कुनै एउटा उडानको टिकट किन्दा अर्को उडानको टिकट सित्तैमा उपलब्ध हुनेछ। सित्तैमा उपलब्ध टिकटबाट असोज १४ गते(अगस्त ३० तारेख) सम्ममा उडान भरिसक्नुपर्नेछ।
श्री एयरलाइन्सले काठमाडाैं पोखरा काठमाडाैं रूटमा उडान भर्न थालेको साढे तीन वर्षभन्दा बढी भएको छ । अन्य वायू सेवा कम्पनीले काठमाडाैं पोखरा रूटमा उडान पुरा गर्न २५ मिनेट लाग्छ भने श्री एयरले उडान भर्ने बम्बार्डियर क्यु ४०० सिरिजको विमानले जम्मा २० मिनेटमै यो दूरी तय गर्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij