काठमाडौं – ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीका अनुसार संस्थापक सेयरधनी ग्रीन लाइफ इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको सञ्चालक समितिको साउन २४ गते बसेको बैठकले उक्त सेयर बिक्री गर्न अनुमति दिएको हो । यो शेयरमा हाल कायम संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
शेयर खरिदका लागि निवदेन दिन ३५ दिनको म्याद दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले तोकिएको समयावधिभित्र कम्पनीमा निवेदन दिनुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij