२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

थाई राजासँग नयाँ प्रधानमन्त्री प्यातोङटार्नले लिए शपथ

थाई राजासँग नयाँ प्रधानमन्त्री प्यातोङटार्नले लिए शपथ

290
Shares

थाइल्याण्डका राजा महा वजिरालोङ्कोर्नले नयाँ पोर्टफोलियोको शाही अनुमोदन पछि शुक्रवार गठबन्धन सरकारमा प्रधानमन्त्री प्यातोङटार्न सिनावात्रा र क्याविनेट मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको छ । फेउ थाई पार्टी नेतृत्वको गठबन्धन अन्तर्गत प्यातोङटार्न र ३५ मन्त्रिपरिषद् सदस्यले राजधानी बैंककको दुसित दरबारमा आयोजित परम्परागत समारोहमा राजासमक्ष वफादारीको शपथ लिएका थिए । समारोहमा गठबन्धनका प्रमुख तीन दल फेउ थाई, भुमजैथाइ र युनाइटेड थाई नेशनका ६ उपप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का मन्त्रीहरु र उनीहरुका उपप्रधानमन्त्रीहरु सहभागी थिए । सरकारी नीति वक्तव्य तयार गर्न शनिबार विशेष मन्त्रिपरिषद बैठक बस्ने कार्यक्रम छ । जुन उहाँले आधिकारिक रूपमा पदभार ग्रहण गर्नुअघि अर्को हप्ता संसदमा पेश गर्ने अपेक्षा गरिएको छ । फेउ थाई पार्टीका नेता र पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया सिनावात्रा अगस्टमा संसदीय मत जितेर देशको सबैभन्दा कान्छी र दोस्रो महिला प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।  

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij