काठमाडौं – यस वर्षको हरितालिका तीज पर्व आज भगवान् शिवको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयहरुमा महिला भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तिजका अवसरमा पशुपतिनाथको दर्शनका लागि आज बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेको थियो ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दुधर्मावलम्बी महिलाले महादेवको पूजा आराधना गर्ने परम्परा रहेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

फोटो : न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij