२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनपीएलका ८ टिमका को-को हुन् मालिक ?

एनपीएलका ८ टिमका को-को हुन् मालिक ?

475
Shares

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग-एनपीएलका ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ । आज विडिङ प्रक्रियाबाट टिम मालिक तय गरिएको हो।

प्रतियोगितामा ८ फ्रेनचाइज टिम सहभागी हुने छन् । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, पोखरा, चितवन, काठमाडौँ, जनकपुर र विराटनगर फ्रेनचाइज रहने छन् ।  क्यानका अनुसार कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ बिड गरेर टिम काठमाडौँको अपनत्व लिएको छ । त्यस्तै नेपाल टि २० क्रिकेट प्रालिले ३ करोड ५७ लाख रुपैयाँ विड गरेर टिम पोखराको अपनत्व लिएको छ।

त्यस्तै १ करोड ७६ लाख १ हजार रुपैयाँ बिड गरेर चितवन मेडिकल कलेजले टिम चितवनको अपनत्व लिएको छ। १ करोड ५१ लाखमा एमएडी ड्रिम्स स्पोर्ट्स प्रालीले टिम विराटनगरको अपनत्व लिएको छ।

फर्च्युन हेल्थ केयर प्रालीले १ करोड ८६ लाख ४ रुपैयाँमा टिम लुम्बिनीको अपनत्व लिएको छ भने २ करोड ५ लाखमा ड्रिम स्पोर्ट्स प्रालीले टिम जनकपुरको अपनत्व लिएको छ । त्यस्तै १ करोड ११ लाख ७० हजारमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्स प्रालीले टिम कर्णालीको अपनत्व लिएको छ । १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा एम्पायर स्पोर्ट्स म्यानेजमेन्ट प्रालीले टिम सुदूरपश्चिमको अपनत्व लिएको छ ।

मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij