काठमाडौं – बरुण हाइड्रोपावर कम्पनि लिमिटेडले २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले वार्षिक साधारणसभा असोज १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने, गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, हकप्रद शेयर अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij