२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अटो शोमा धेरै ईभी देखिनु मुलुककै लागि राम्रो हो – उपेन्द्र पौड्याल

अटो शोमा धेरै ईभी देखिनु मुलुककै लागि राम्रो हो – उपेन्द्र पौड्याल

935
Shares

काठमाडौं– कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले अटो शोमा धेरै ईभी देखिनु मुलुककै लागि राम्रो भएको धारणा राखे । नाडा अटोमोबाइल्स एसोसिएसन नेपालको सहकार्यमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल ९इमान०ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘ईभीको उपभोग वृद्धिले अहिलेका लागि राजस्व घटाएको होला तर दीर्घकालमा पेट्रोलियम आयात घट्ने अवस्था आउँछ’ पौड्यालले भने, ‘संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई आत्मसात गरिरहँदा जुन खालको उपभोग प्रवृत्ति देखिएको छ, जुन सिफ्ट देखिएको छ, यो धेरै राम्रो हो ।’
ईभी आयातकर्ताले सवारी साधनको गुणस्तरमा ध्यान दिनुपर्ने उनले बताए । ‘ताकि बैंकहरुले १०–१५ वर्ष अवधिको कर्जा प्रवाह गर्न सकुन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij