२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडा अटो शोमा ‘केई’ का तीन मोडल सार्वजनिक

नाडा अटो शोमा ‘केई’ का तीन मोडल सार्वजनिक

895
Shares

काठमााडैं- केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ल्याएका तीन वटा गाडसँगै मूल्य पनि सार्वजनिक गरेको छ ।

नाडा अटो शोको उद्घाटनसँगै लक्ष्मी ई मोबिलिटीले ल्याएको ‘केई’ ब्राण्डका तीन वटा नयाँ मोडेलका गाडी र त्यसको मूल्य सार्वजनिक भएको हो ।

सार्वजनिक भएको इक्वीट–०२ को मूल्य १९ लाख ९६ हजार रुपैयाँ रहेको छ जसले २०० किलोवाटसम्म रेञ्ज दिन्छ भने ३०० किलोमिटरसम्म रेञ्ज भएको गाडीको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, इक्वीट ०४ को ३०० किलोमिटरसम्म रेञ्ज दिने गाडीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ भने एक्स बी प्रो-ईभीको डिलक्सको मूल्य ४९ लाख ९६ हजार र फ्ल्ग्यापसिपको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नाडा अटो शोमा यस गाडी किन्नका लागि अफरसमेत राखिएकाे छ । नाडा अटो शामा यो गाडी किन्नेले एक वर्षको बिमा र एक वर्षको सडक करको सुविधा पाउनेछन् ।

नाडा अटो शोको स्टल नम्बर एच-१६ मा केई ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएका ‍छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij