२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाली समाजमा नैतिकता हराउँदै गयोः सभापति देउवा

नेपाली समाजमा नैतिकता हराउँदै गयोः सभापति देउवा

1K
Shares

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए । सोही विषयमा बोल्दै उहाँले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताउनु भयो । उहाँले बिरोध गर्नेहरु पछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत भारतको केही जिल्लाहरु आउनुभएको छ । आदरणीय दाजुभाई दिदिबहिनीहरु, यस्तै छ । यहाँ गौरा पर्व सुन्न आएकाहरु छन् । धेरै साथीहरु । देउडा खेल्न आएका छन् । गौरा पर्व सुन्न दिँदैनन् । न गौरा खेल्न दिन्छन् । यस्ता कार्यक्रम बिथोल्नेहरु यहाँ बसेका छन् । यसको पछाडि को छ, को तत्व छ, त्यसलाई यहाँका जनताले ठिक पार्नुपर्छ भन्ने मलाई विश्वास छ । आदरणीय दाजुभाई दिदिबहिनीहरु । अहिले यो गौरा पर्व जो छ, यो अत्यन्तै सुदूरपश्चिम, कर्णालीका जिल्लाहरुमा मनाइन्छ । यो अत्यन्तै महत्वपूर्ण चाडपर्व हो यसले यस्ता आयामहरुले हाम्रो देशलाई सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्व खेलेको छ ।’

सभपति देउवाले गौरा लगायतका चाडपर्वहरुले नेपालीहरुलाई एकतामा बाँध्ने विश्वास व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij