काठमाडौं– काठमाडौँको भृकुटीमण्डपमा भाद्र ११ गतेदेखि सुरु हुने १६ औँ संस्करणको ‘टाटा.ईभी प्रस्तुत नाडा अटो शो २०२४ ’ को तयारी पुरा भएको छ । नेपाल अटो मोबाइयल्स एसोसिएसन नेपालको आयोजनामा अटो प्रदर्शनी १६ गते सम्म हुन लागेको हो । नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शन अवलाेकन लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सहभागीहरूले धमाधम स्टल निर्माण गरिरहेका छन्।
भोली अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो शोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्। यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ व्यवसायिक सवारी साधनका ब्राण्डहरु प्रदर्शन गरिने छ ।
साथै ३३ कम्पनी कम्पनीहरु लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्याजेट उपकरण र अन्य अटो कम्पोनेन्टहरु सहभागी हुने छन् । ७ वित्तीय संस्थाहरुसहित शो मा ९५ प्रदर्शक सहभागी हुने छन्, जसले १३० वटा स्टलहरुमा आफ्ना उत्पादनहरु र सेवाहरु प्रदर्शन गर्ने छन् । शोमार्फत करीब एक दर्जन नयाँ ब्रान्डले विद्युतीय गाडी विक्री शुरु गर्दैछन् ।
नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बाहुल्यता उलेख्य बढेको देखिन्छ । नाडा अटो शोमा लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समेत सहभागी जनाउने भएको छ । बैंकले सवारी खरिद गर्ने ग्राहकका लागि सुविधा दिने तयारी गरेको हो।
नाडा अटो शोको २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् । यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij