काठमाडौं – आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ को विन्दुमा झरेको हो। बजार भारी अंकले घट्दा ६० कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १८४ वटाको घटेको छ। यो दिन लघुवित्त समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ।
आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij