२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मानुषी लघुवित्तको विशेष साधारण सभा सम्पन्न

मानुषी लघुवित्तको विशेष साधारण सभा सम्पन्न

1K
Shares

काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्त सँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । संस्थाले श्रृजनशील लघुवित्त सँग मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षमा नै सम्पूर्ण प्रक्रिया पुरा गरेको थियो । विशेष कारणवस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभा मार्फत गराएको जनाइएको छ ।
यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरि मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको शेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij