२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इन्जिनियरहरु विकास, निर्माणको काममा जिम्मेवार हुनुपर्छः उपप्रधानमन्त्री सिंह

इन्जिनियरहरु विकास, निर्माणको काममा जिम्मेवार हुनुपर्छः उपप्रधानमन्त्री सिंह

1K
Shares

काठमाडौं – उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास, निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इन्जिनियरहरुलाई आग्रह गर्नुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा विकास, निर्माणको कामले प्राथमिकता पाएको उल्लेखगर्दै त्यसका लागि इन्जिनियरहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले राजनीतिक अभियन्ताहरुले जनताको अधिकार पाप्तिको लडार्इंबाट सफलता हात पारेको स्मरण गराउँदै अब मुलुकको विकास, निर्माणको काममा तिब्रता दिन इन्जिनियरहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनु भयो । उहाँले काँग्रेस निकट इन्जिनियरहरुलाई नेपाल इन्जिनियर्स एशोसिशएनको निर्वाचनमा विजयी हुनेगरी तयार गर्नपनि सचेत गराउनु भयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘कन्ट्रीका लागि इन्जिनियर्सहरुको पहिला अधिकार गुमेको बेलामा पोलिटिकल लिडरहरु र अब अहिले अधिकार प्राप्त भईसक्यो । अब राम्रोसँग विकास, निर्माण गरेर जनतालाई राहत दिन सकेनौ भने त राम्रो भएन । त्यसमा विकास, निर्माणको क्रममा इन्यिनियर्सहरुको त्यसमा अत्यन्तै महत्वपूर्ण भुमिका रहेको छ । र रहनेवाला छ । त्यसका लागि रेसपोन्सिवल ढंगले तपाईहरु अगाडि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले सरकारले जनतालाई राहत दिनका लागि विकास, निर्माणको कामलाई तिब्रता दिइरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij