२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको २ लाख १५ हजार ३५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमध्ये बैंकले १ लाख ३९ हजार ६८३ कित्ता सेयर संस्थापक शेयर धनीहरूका लागि र ७५ हजार ६७२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।

संस्थापक शेयर धनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले काठमाडौँ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता सङ्ख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij