२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दूरसञ्चार प्राधिकरणद्वारा दुई इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

दूरसञ्चार प्राधिकरणद्वारा दुई इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

885
Shares

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो ।

प्राधिकरणले साउनको अन्तिम साता दुबै कम्पनीको अनुमतिपत्र खारेजी भएको जानकारी दिएको छ । वीरगञ्ज महानगरपालिका-८ पर्साको पर्सा टेलिकम्युनिकेसन प्रालि र हात्तीसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको हो ।

खारेजीमा परेको पर्सा टेलिकम्युनिकेसन प्रालिले २२ साउन २०७६मा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र पाएको थियो । इन्फोकम प्रालिले १५ असार २०६५ मा अनुमति पत्र लिएको थियो । प्राधिकरणले अडिटेड वित्तीय विवरणअनुसार तिर्न/बुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर वापतको रकम छिटो बुझाएर प्राधिकरणमा सम्पर्क गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij