२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बसुन्धरामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

बसुन्धरामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

1K
Shares

काठमाडौं – सिर्जनशिल टोल सुधार समिति र चिरायु नेसनल हस्पिटल लगायतका संस्थाको आयोजना तथा लायन्स क्लबको समन्वयमा काठमाडौंको बसुन्धारामा १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम भएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा स्वास्थ्य मन्त्री प्रदिप पौडेल उपस्थित थिए । उनले टोलमा हुने यस्ता सामाजिक सेवाका गतिविधिले सबैलाई लाभ हुने बताउँदै स्थानीय बासिन्दाहरुसँग भलाकुसारी गरे । शिविरमा काठमाडौं महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापा पनि उपस्थित थिए ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन सेवाका साथमा विशेषज्ञ चिकित्सकहरुद्धारा, बालरोग, स्त्री रोग सम्बन्धी सेवा, आँखा जाँच सेवा, प्रेसर, रगत, थाइराईडको निःशुल्क परिक्षण गरिएको थियो ।

शिविरमा ४५० जना भन्दा बढीले स्वास्थ्य जाँच गराएको र ५६ पिन्ट ब्लड कलेक्सन भएको लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एच का जोन चियरपर्सन लायन भगवान कार्कीले जानकारी दिए । उनले शिविरमा विभिन्न रोगहरुको निःशुल्क औषधी वितरण गरिएको जानकारी दिए । कार्यक्रममा रिजन चियरपर्सन लायन कपिल बस्नेत लगायत सहयोगी सबै लायन्स क्लबका सदस्यहरुको पनि उपस्थित रहेको कार्कीले जानकारी दिए ।

सिर्जनशिल टोल सुधार समितिका अध्यक्ष अर्जुन प्रसाद गौतमको सभापतित्वमा वेभ हस्पिटालिटीमा भएको कार्यक्रम सम्पन्न गर्न धारापाटी सामाजिक सेवा समिति, सिर्जनशील नारी समाज, गैरीटोल युवा क्लब, लायन्स क्लब अफ काठमाडौं कर्मालय, लायन्स क्लब अफ काठमाडौं स्वीट होम, लायन्स क्लब अफ काठमाडौं युबि ग्रुप, लायन्स क्लब अफ काठमाडौं कुण्डलिनी, नेपाल रेडक्रस सोसाइटी, धापासी बसुन्धरा समाज, बसुन्धारा विकास तथा सुधार समाज लगायतका संस्थाहरुले समन्वय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij