२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल हाइड्रोपावरको नाफामा गिरावट

नेशनल हाइड्रोपावरको नाफामा गिरावट

560
Shares

काठमाडौं– नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ६८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड २ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४.११ प्रतिशत घटेको हो।

आम्दानी घटेको र खर्च बढेपछि कम्पनी नोक्सानीमा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो। २ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९५ लाख १३ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६१.८४ प्रतिशत घटेको छ भने वित्तीय खर्च १४९।२८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७० लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०० रुपैयाँ ४२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij