२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने नाम सार्वजनिक

नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने नाम सार्वजनिक

535
Shares

काठमाडौं – नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६६ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो ।

बैंकले एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । उनीहरूलाई बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij