२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चन्द्रागिरी हिल्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

चन्द्रागिरी हिल्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

825
Shares

काठमाडौं– चन्द्रागिरी हिल्स लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ९.४९ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.८० प्रतिशत बढेको छ। कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा २८.०२ प्रतिशत घटेको छ। गत एक वर्षको कम्पनीको कुल खर्च २९.३७ प्रतिशत बढेको छ। १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ५६ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij