२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १४६.०३ प्रतिशतले बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १४६.०३ प्रतिशतले बढ्यो

460
Shares

काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।  सोही अवधिको तुलनामा १४६.०३ प्रतिशत बढी हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २७.५२ प्रतिशत बढेको छ भने कुल आम्दानी ३०.१८ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३३.६२ प्रतिशत र कुल खर्च २८.२३ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ३७ पैसा बढेर ७ रुपैयाँ ९१ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५४.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा रहेको छ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ३४ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij