काठमाडौं – नेपाली बजारमा आइतबार छापावाला सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज सुनप्रतितोला ७०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुनकोमुल्य प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij