२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अप्पर साङ्गे हाइड्रोपावरको ८९.५३ प्रतिशतले बढ्यो

अप्पर साङ्गे हाइड्रोपावरको ८९.५३ प्रतिशतले बढ्यो

350
Shares

काठमाडौं– अप्पर साङ्गे हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ भने नोक्सानी घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८९.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ३ करोड १० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

२२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ९ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५८ रुपैयाँ ४१ पैसा रहेको छ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको नोक्सानी ५ करोड ८ लाख रुपैयाँबाट घटेर १ करोड ७३ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८३.६६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११३.४३ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij