२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिका लघुवित्तको नाफा बढ्यो

कालिका लघुवित्तको नाफा बढ्यो

1.1K
Shares

काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। लघुवित्तले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा सहित अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

लघुवित्तले समिक्षा अवधिमा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १३४ दशमलव ०३ प्रतिशतले बढी हो।
३७ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २७ करोड ६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ ८५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ।

यस अवधिमा लघुवित्तले २५ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको । यो गत वर्षको तुलनामा ० दशमलव ५४ प्रतिशतले बढी हो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १.५५ प्रतिशत बढेको छ।

यस अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २७ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij