२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मोलुङ्ग हाइड्रोपावरको आम्दानी घट्यो

मोलुङ्ग हाइड्रोपावरको आम्दानी घट्यो

375
Shares

काठमाडौं– मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत २ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड १४ लाख रुपैयाँ थियो।

८० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १४ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ५ पैसा रहेको छ।

विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको नोक्सानी समीक्षा अवधिमा घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड १४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा ७७ लाख ४२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। वित्तीय खर्च घटेका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २३ प्रतिशत घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij