२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

360
Shares

काठमाडौं – कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले शेयर विक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन पेश गरेअनुसार बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बैंकले विक्रीमा राखेको छ । शेयर किन्न इच्छुक शेयरधनीले आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको मिति आज साउन २४ गतेले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।

बैंकले तोकेको समय ३५ दिनभित्र बैंकका संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij