काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक १०८ दशलमव ३५ अंकले बढेर २,७५९ को विन्दुमा कायम भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ९५ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमलयन रिइन्स्योरेन्सको शेयर खरिद विक्री भएको छ । आज यस कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij