२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हेलिकप्टरको भाडा बढ्यो, कहाँ जान कति लाग्छ भाडा ?

हेलिकप्टरको भाडा बढ्यो, कहाँ जान कति लाग्छ भाडा ?

1.2K
Shares

काठमाडौं– हेलिकप्टर कम्पनीहरूले चार्टर्ड उडानको भाडा बढाएका छन्। आगामी असोज १५ (अक्टोबर १)बाट लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा बढाएका हुन्।

हेलिकप्टर कम्पनीका प्रतिनिधिहरूले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौंबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडामा ४ देखि ५ प्रतिशतसम्म वृद्धि भएको बताएका छन्।

कहाँ जान कति लाग्छ भाडा  हेर्नुहोस् 

काठमाडौं-गोसाइँकुण्ड-काठमाडौंः १ लाख ५० हजार रूपैयाँ।
काठमाडौं-वीरगन्ज-काठमाडौंः २ लाख २० हजार रूपैयाँ।
काठमाडौं-जनकपुर-काठमाडौंः ३ लाख रूपैयाँ।
काठमाडौं-ओखलढुंगा-काठमाडौंः २ लाख २० हजार रूपैयाँ।
काठमाडौं-पोखरा-काठमाडौंः ३ लाख ३० हजार रूपैयाँ।
काठमाडौं-फाप्लु-काठमाडौंः ३ लाख रूपैयाँ।
काठमाडौं-खोटाङ-काठमाडौंः ३ लाख रूपैयाँ।
काठमाडौं-मुक्तिनाथ-काठमाडौं: ५ लाख २५ हजार रूपैयाँ।
काठमाडौं-धरान-काठमाडौंः ४ लाख ४० हजार रूपैयाँ।
काठमाडौं-भैरहवा/बुटवल-काठमाडौंः ४ लाख २५ हजार रूपैयाँ।
काठमाडौं-भोजपुर-काठमाडौंः ३ लाख ९० हजार रूपैयाँ।
काठमाडौं-ताप्लेजुङ-काठमाडौंः ४ लाख ९० हजार रूपैयाँ।
काठमाडौं-विराटनगर-काठमाडौंः ४ लाख ८० हजार रूपैयाँ।
काठमाडौं-पाथीभरा-काठमाडौंः ५ लाख २५ हजार रूपैयाँ।
काठमाडौं-दाङ-काठमाडौंः ६ लाख २५ हजार रूपैयाँ।
काठमाडौं-चन्द्रगढी-काठमाडौंः ५ लाख ७५ हजार रूपैयाँ।
काठमाडौं-नेपालगञ्ज-काठमाडौंः ७ लाख ५० हजार रूपैयाँ।
काठमाडौं-सुर्खेत-काठमाडौंः ७ लाख ५० हजार रूपैयाँ।
काठमाडौं-धनगढी-काठमाडौंः ११ लाख रूपैयाँ।
काठमाडौं-रारा-काठमाडौं: ११ लाख रूपैयाँ।
काठमाडौं-डडेलधुरा-काठमाडौं: १२ लाख ७५ हजार रूपैयाँ।
काठमाडौं-सिमीकोट-काठमाडौं: १२ लाख ७५ रूपैयाँ।

त्यस्तै पर्यटकका लागि गरिने हिमाली क्षेत्रको उडानका लागि पनि भाडा बढेको छ। नयाँ भाडा अनुसार लुक्लाबाट सगरमाथा र मकालु क्षेत्र जानका लागि सबैभन्दा कम फाक्दिङका लागि ४०० डलर रहेको छ।

लुक्लाबाट सगरमाथा र मकालु क्षेत्रको भाडादर हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij