२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सत्कार सहकारीका तीन जना पक्राउ

सत्कार सहकारीका तीन जना पक्राउ

725
Shares

काठमाडौं – सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्थाका सचिव मोरङको बेलबारी नगरपालिका–५ घर भएका ३२ वर्षीय गोविन्द पुरी, कोषाध्यक्ष रामेछाप नगरपालिका–८ घर भएका ३७ वर्षीय मेश श्रेष्ठ र सत्कार सहकारीको चाबहिल शाखाका व्यवस्थापक ३७ वर्षीय रामेछाप–८ का धु्रवराज कार्की छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । सामाखुसी प्रधान कार्यालय भएको उक्त सहकारीको चाबहिल तथा न्यूरोड शाखा छ । पक्राउ परेकाहरू विरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij