काठमाडौं– हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको शेयर बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन्।
लगानीकर्ताले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका शंखमुल, बिर्तामोड, हनुमानदास रोट, जनकपुरधाम, आर्दशनगर, विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड (पोखरा), मिलनचोक (बुटवल), बाग्लुङ्ग बजार, त्रिभुवन चोक (नेपालगञ्ज), विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij